प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
माघ २०८०
निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधन कार्यक्रम
२०८०-१०-१९

निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधनको सिलसिलामा मिति २०८०।१०।१९ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख श्रद्धेय श्रीमान प्रहरी नायब महानिरीक्षक कुबेर कडायतज्यू नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलमा पाल्नु भई कार्यालयको शाखाहरुको निरीक्षण, अनुगमन गरी कार्यालय तथा मातहत कार्यालयहरुबाट उपस्थित प्रहरी कर्मचारी, ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी कर्मचारीहरु र भर्चुअल माध्यमबाट जोडिनु भएका मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुखहरुलाई समसामयिक विषयमा अमुल्य निर्देशन सम्बोधन दिनुभयो ।निम्न:-१. जनअपेक्षा अनुसार आफ्नो दायित्व बोध गरी कार्य सम्पादन गर्ने ।२. सुरक्षित सडक र अनुशासित सडक बनाउने ।३. सडकमा हुने सबै किसिमका अवरोधहरुलाई निराकरण गर्न सम्बन्धित सरोकारवाला निकायहरु संग समन्वय गरी रणनीति बनाउने ४. लेन अनुशासन पालना गराउँने ।५. पैदलयात्रा गर्दा फुटपाथ भएकोमा फुटपाथ बाटै र फुटपाथ नभएकोमा दायाँ साईडबाट मात्र हिड्दा सुरक्षित हुने हुँदा सो सम्बन्धमा पैदलयात्रु लक्षित जनचेतनामुलक अभियान चलाउने ।६. प्रहरी कर्मचारीहरुको आचरण व्यवहार राम्रो हुनु पर्ने ।७. ईमान्दारिता, व्यवसायिकता, जिम्मेवारी बोध, चरित्रवान, पारदर्शी तथा उच्च मनोवल भएको प्रहरी मात्र अहिलेको समयमा योग्य हुन सक्ने हुँदा त्यस तर्फ सजग हुने ।८. कार्यालय व्यवस्थापन तथा कार्यालयलाई सौन्दर्यीकरण बनाउने ।९. थोरै बोल्ने धेरै सुन्ने बानीको बिकास गर्ने ।१०. सिर्जनशिल तथा नवप्रवर्द्धनात्मक कार्य गर्ने ।१२. कुनैपनि कार्यक्रमको उपलब्धि तथ्याङकगत रुपमा सकारात्मक परिणाम नआउँदा सम्म सफल मान्न नसकिने हुँदा त्यस तर्फ ध्यान दिने । १३. हरेक डिउटीमा सम्बन्धित कमाण्डर वा प्रमुखले ब्रिफिङ/डिब्रिफिङ गरी समिक्षा सहित थप रणनीति बनाई प्रभावकारी ढंगले पुलिसिङ गर्ने ।

अवैध लागूऔषधसहित पक्राउ
२०८०-१०-१४

बर्दिया, बाँसगढी नगरपालिका-९ पहाडिपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४५ ग्रामसहित सोही नगरपालिका-९ माछागड बस्ने २४ वर्षीय अम्मर बहादुर चनारालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१३ बस्ने २८ वर्षीय बिकल्प पुन मगर र २२ वर्षीय सुरेश नाथ योगी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सवारी दुर्घटनामा एक जनाको मृत्यु
२०८०-१०-११

बाँके,  कोहलपुर नगरपालिका-१४ पार्बतीपुरस्थित सडकमा भे.१ ख ४०३३ नम्बरको मिनिबस र ना.५ ख ८५६६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा ट्रकका सहचालक रूपन्देही देवदह नगरपालिका-६ खैरेनी बस्ने ३५ वर्षीय राम कृष्ण गोतामेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार मिनिबस चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ईलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँको नवनिर्मित भवन उद्घाटन
२०८०-१०-०९

प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको मंगलबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन  गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कडायतले भवन निर्माणको कार्यलाई त्रुटीरहित तवरले सम्पन्न गर्ने ईन्द्रधनु अछाम निर्माण सेवा टिकापुरका प्रतिनिधि बाँधुराम चौधरी र लुम्बिनी प्रदेश प्रहरी कार्यालय आवास तथा भौतिक शाखाका प्रहरी वरिष्ठ नायव निरीक्षक श्याम बहादुर बलायरलाई प्रशंसापत्र प्रदान गर्नुका साथै जिल्ला भरी उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार समेत प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक कडायतले स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आइरहेको उल्लेख गर्दै नवनिर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला, उर्जा र मनोवलका साथ व्यावसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट कुल ३ करोड ७८  लाख ४१ हजार ७९ रूपैयाँ  लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो । साथै सोही अवसरमा प्रहरी नायव महानिरीक्षक कडायतले बर्दिया जिल्लास्थित प्रहरी कार्यालयका कार्यालय प्रमुख, तथा प्रहरी अधिकृत एवम् जवानहरूलाई शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा आफ्नो व्यवसायिकता प्रदर्शन गर्न, प्रमाणमुखी अनुसन्धान गर्न, प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउनु पर्ने लगायतका विषयमा निर्देशन समेत दिनुभयो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<